शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

टिकटकले नेपालबाट साढे १९ लाख भिडियो हटायो, ९९.२% सामग्री २४ घण्टाभित्रै कारबाहीमा

कम्युनिटी गाइडलाइन्स उल्लङ्घनको कारण देखाउँदै २०२६ को पहिलो त्रैमासमा कारबाही, ६१ हजार भिडियो पुनःस्थापना
Spread the love

 

काठमाडौं, असार २४ । छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरी–मार्चमा नेपालबाट अपलोड गरिएका १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाएको जनाएको छ ।

कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाइएका ती भिडियो उक्त अवधिमा नेपालबाट प्रकाशित कुल भिडियोको करिब ०.४ प्रतिशत हुन् ।

९९.२% सक्रिय हटाउने दर
टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट अनुसार नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने सामग्री हटाउने सक्रिय दर ९.२ प्रतिशत रहेको छ ।

हटाइएका भिडियोमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ । यसले प्लेटफर्मले उल्लङ्घनकारी सामग्रीमा तीव्र निगरानी गरिरहेको देखाउँछ ।

समीक्षापछि भने नेपालका ६१ हजार ९९२ वटा भिडियो पुनःस्थापना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी तथ्यांक
विश्वव्यापी रूपमा टिकटकले पहिलो त्रैमासिकमा १८ करोड ४० लाखभन्दा बढी भिडियो हटाएको छ । यो प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो । हटाइएका अधिकांश भिडियो अटोमेटेड डिटेक्सन अर्थात् स्वचालित पहिचान प्रणालीमार्फत फेला परेका थिए ।

यसै अवधिमा टिकटकले विश्वभर ८ करोड ६२ लाखभन्दा बढी फेक अर्थात् नक्कली एकाउन्ट हटाएको छ । साथै १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट पनि हटाइएको छ ।

लाइभमा पनि कडाइ
लाइभ प्रसारणतर्फ पनि निगरानी कडा बनाइएको टिकटकले जनाएको छ । प्रतिवेदनअनुसार ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसनमा चेतावनी दिने वा मोनिटाइजेसन बन्द गर्ने कारबाही गरिएको थियो । त्यस्तै २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटरमाथि पनि कारबाही गरिएको छ ।

टिकटकले नियमित रूपमा यस्तो प्रतिवेदन सार्वजनिक गर्नुको उद्देश्य प्लेटफर्ममा गरिएका कन्टेन्ट र एकाउन्टसम्बन्धी कारबाहीबारे पारदर्शिता कायम गर्नु भएको बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x