शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कांग्रेसले क्रियाशील सदस्यताको म्याद साउन ३ सम्म थप्यो

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद आगामी साउन ३ गतेसम्म थप गरेको छ।
आइतबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि असार २० गतेसम्म तोकिएको म्याद वर्षायामका कारण वडादेखि क्षेत्रीय तहसम्म सदस्यता वितरण र नवीकरणको काम प्रभावित भएको तथा सदस्यता विस्तारको प्रक्रिया जारी रहेकाले केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा थप गरिएको पार्टीले जनाएको छ।
बैठकले सदस्यता अद्यावधिक वा वितरणका क्रममा कुनै विवाद वा समस्या देखिए सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ। प्राप्त सिफारिसका आधारमा समितिले आवश्यक छानबिन गरी सदस्यता अद्यावधिकको उचित व्यवस्था मिलाउने निर्णय गरेको कांग्रेसले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x