सिमानाबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर हर्क साम्पाङद्वारा रवि लामिछानेलाई खुला पत्र

शनिबार ३० जेठ २०८३
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन् ।
आज (सनिबार) एक खुल्लापत्र लेख्दै साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा ै रास्वपासँग धारणा मागेका छन्।
उनले रास्वपा सभापति लामिछानेलाई खुला पत्रमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।
‘मिति २०८३/२/१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले साम्सदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ अध्यक्ष साम्पाङले फेसबुकमा सार्वजनिक गरेको पत्रमा भनिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE