शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

एशियन गेम्स क्रिकेट छनोट : आज नेपाल र ओमान भिड्दै

Spread the love

काठमाडौं । सिंगापुरमा जारी एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपाल विजयी भए फाइनलमा प्रवेश गर्नेछ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र मलेसिया समूह ‘ए’बाट तथा हङकङ र ओमान समूह ‘बी’बाट सेमिफाइनलमा पुगेका हुन्। चारै टोलीले जापानमा हुने एशियन गेम्सका लागि स्थान सुरक्षित गरिसकेका छन्।

एशियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा आयोजक जापानसहित आइसीसीका पूर्ण सदस्य राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनोट भइसकेका छन्।
नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरी ले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन्।
नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको हो। अब ओमानविरुद्धको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने लक्ष्य नेपाली टोलीको रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x