बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २५६ चालक कारबाहीमा

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

जेठ २४ आइतबार २०८३
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथि निगरानी तथा कारबाही अभियानलाई प्रहरीले थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २५६ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट एकै दिन राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक रहेका छन्। तीव्र गतिमा सवारी चलाउने २३० जना तथा मापसे गर्ने १५१ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, नियमविपरीत राइड सेयरिङ गर्ने १११ जना, ट्राफिक संकेत बत्ती (रेड लाइट) उल्लंघन गर्ने १४२ जना तथा निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
यसैगरी, फुटपाथमा अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११८ जना र लेन अनुशासन उल्लंघन गर्ने ३३ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसबाहेक विभिन्न अन्य प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार १६१ जना चालकलाई समेत कारबाही गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x