बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

२५औँ स्मृति दिवस आज : नारायणहिटी दरबार हत्याकाण्डका दिवंगत राजपरिवारको सम्झना

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं, जेठ १९ – पूर्वराजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको २५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
वि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित राजपरिवारको पारिवारिक भोजका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र तथा राजपरिवारका अन्य सदस्य शान्ति, जयन्ती, श्रद्धा र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो।
घटनापछि गम्भीर घाइते अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्र शाह लाई जेठ २० गते राजा घोषणा गरिएको थियो। उनी अर्धमूर्छित अवस्थामा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह लाई नायब राजा तोकिएको थियो।
युवराज दीपेन्द्रको जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्र शाह नेपालका राजा बनेका थिए।
घटनाको सत्यतथ्य छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले गोली चलाएर राजपरिवारका सदस्यहरूको हत्या गरेपछि आत्महत्या गरेको निष्कर्ष प्रस्तुत गरेको थियो।
यद्यपि उक्त प्रतिवेदनप्रति आम नेपाली समाजमा अझै पनि विभिन्न प्रश्न र आशंका कायम छन्। दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासकै सबैभन्दा रहस्यमय र चर्चित घटनामध्ये एक मानिन्छ।
आज पूर्वराजा वीरेन्द्र र उनका परिवारका सदस्यहरूको सम्झनामा विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदै छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x