बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

छानबिनको लागि तयार छु, मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् – रवि किरण 

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं  / जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई सकारात्मक कदमको रूपमा लिँदै हमालले भिडियो सन्देश जारी गर्दै आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

“शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउने, अराजकता सिर्जना गर्ने र आन्दोलनलाई नेतृत्वविहीन बनाउने प्रयास गर्ने जो कोहीमाथि पनि निष्पक्ष छानबिन गरी कानुनी कारबाही हुनुपर्छ,” हमालले भनेका छन्।

उनले आन्दोलनमा ज्यान गुमाएकाहरूको सपना पूरा गर्न सम्पूर्ण देशवासी एकजुट हुनुपर्ने बताएका छन्। “मृतकहरूको बलिदान व्यर्थ हुन दिनुहुँदैन। सबै पक्ष जिम्मेवार बनेर अगाडि बढौं,” उनको आह्वान छ।

हमालले आन्दोलनलाई पछाडिबाट उक्साउने वा ‘फ्युलिङ’ गर्ने समूह तथा व्यक्तिहरूमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन्। यस्ता तत्वहरूले आन्दोलनको मूल भावना र उद्देश्यलाई बिगार्ने प्रयास गरेको उनको आरोप छ।

आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हताहत र जिम्मेवारीबारे महत्वपूर्ण निष्कर्षहरू सार्वजनिक गरेको थियो। हमालको यो भिडियो सन्देशसँगै प्रतिवेदन कार्यान्वयनको विषयमा राष्ट्रिय बहस थप तीव्र बनेको छ।

रवि किरण हमालको आग्रहले अब सरकारले आयोगको प्रतिवेदनलाई कसरी अघि बढाउँछ भन्नेमा आमचासो बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x