मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

संसद्‍मा कांग्रेसको विरोध : सांसद बाहिर निकालिएको घटनामा आपत्ति

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

मङ्गलबार १२ जेठ २०८३
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक कक्षबाट आफ्ना सांसदलाई मर्यादापालकले बाहिर निकालेको घटनाप्रति कडा विरोध जनाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो चरणको बैठकमा कांग्रेस सचेतक निश्कल राईले उक्त घटनाप्रति आपत्ति जनाउँदै संसद्‌को मर्यादा र प्रक्रियामाथि प्रश्न उठाएका हुन्।
यसअघि मंगलबारकै पहिलो चरणको बैठकमा फोटो तथा भिडियो खिचेको आरोपमा मर्यादापालकहरूले कांग्रेस सांसद गीता सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका थिए। कांग्रेसले सभामुख डीपी अर्याल को स्पष्ट आदेशविना मर्यादापालकहरूले एकलौटी रूपमा सांसदमाथि बल प्रयोग गरेको दाबी गरेको छ।
संसद्‍मा बोल्दै सचेतक राईले प्रतिनिधिसभा नियमावलीअनुसार बैठक कक्षभित्र फोटो र भिडियो खिच्न नपाइने विषयमा आफूहरू जानकार रहेको बताए। तर सभामुखको औपचारिक निर्देशनबिना सांसदलाई बाहिर निकालिनु अस्वीकार्य भएको उनको भनाइ थियो।
उनले भने,
“सभामुखले त्यस्तो आदेश कानेखुसी गरेर दिने होइन, संसद्‍मा सबैलाई जानकारी गराएर दिनुपर्छ । कानेखुसीबाट सदन अघि बढ्न सक्दैन ।”
घटनापछि संसद्‍भित्र मर्यादापालकको भूमिका, सभामुखको अधिकार प्रयोग तथा संसदीय प्रक्रियामाथि थप बहस सुरु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x