प्रधानमन्त्री शाह संसदमा आउने तयारीमा, सभामुखको आग्रहपछि गतिरोध अन्त्य हुने संकेत

मङ्गलबार १२ जेठ २०८३
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसद्मा उपस्थित भएर समसामयिक विषयमा जवाफ दिन तयार रहेको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै निरन्तर दबाब सिर्जना गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफूले अनौपचारिक संवाद गरेको बताएका हुन्। उनले प्रधानमन्त्री शाह सदनमा आएर सांसदहरूको जिज्ञासाको उत्तर दिन सकारात्मक रहेको उल्लेख गर्दै संसद्को अवरोध हटाउन विपक्षी दलहरूलाई आग्रह गरे।
सभामुख अर्यालका अनुसार सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुने मिति र समय तय गरिनेछ। उनले देशमा कानुन निर्माणसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कार्य बाँकी रहेकाले संसद्को नियमित कामकारबाही नरोक्न दलहरूलाई अनुरोध गरे।
यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटी ले पनि प्रधानमन्त्री शाह एक साताभित्र संसद्मा उपस्थित हुने जानकारी दिएका थिए।
सभामुख र सत्तापक्ष दुवैबाट प्रधानमन्त्रीको उपस्थितिबारे आश्वासन आएपछि लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE