बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

आजको मौसम : गण्डकीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

शनिबार ९ जेठ २०८३

काठमाडौं / हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेशसहित हिमाली र पहाडी भू–भागमा साधारणतया बदली छ भने मधेश प्रदेशमा आंशिक बदली र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिमको एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसोको अवस्था
कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बदली र बाँकी तराईमा मौसम सफा रहने अनुमान छ।

कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा, मधेशसहित तराईका थोरै स्थानमा तथा लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

गण्डकी प्रदेशको पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। त्यस्तै सुदूरपश्चिम र लुम्बिनीका पहाडी क्षेत्रमा तातो दिन र तराईमा तातो लहरको सम्भावना रहेको छ।

रातिको पूर्वानुमान
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका हिमाली–पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र मधेशका केही स्थान, बागमती–गण्डकीका हिमाली–पहाडी क्षेत्र तथा कर्णालीका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा–हिमपातको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मौसम विभागले वर्षा, हिमपात र तातो लहरको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

_स्रोत: जल तथा मौसम विज्ञान विभाग,

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x