शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

निर्देशक समाजको निर्वाचन: ‘केही राम्रो गर्छु भनेरै सचिवमा उम्मेदवारी दिएँ’ – अमर वलि

अन्टिना घनश्याम
Spread the love

सोमबार ४ जेठ २०८३

काठमाडौं / नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा निर्देशक अमर वलिले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। जेठ ५ गते राजधानीमा हुने साधारणसभा तथा निर्वाचनका लागि उनले उम्मेदवारी दिएका हुन्।

सडक नाटक, नृत्य निर्देशन र म्युजिक भिडियो निर्माणबाट चलचित्र निर्देशनसम्मको यात्रा तय गरेका वलिले संस्थागत रूपमा केही सेवा गर्नुपर्ने आवश्यकता देखेर सचिव पदमा उम्मेदवारी दिएको बताए।

“नेपाली सिनेमाको जस्तोसुकै परिस्थितिमा पनि म एक अविरल यात्री हुँ। विज्ञापन, जनचेतनामूलक सडक नाटक, म्युजिक भिडियो र फरक एजेन्डा बोकेका फिचर फिल्म बनाएको अनुभव छ,” वलिले भने, “संघमा कार्यकारी सदस्य रहेर दिनरात पसिना बगाएर काम गरेको छु। ठूलो पद होइन, सेवा गर्न मिल्ने सचिव पद नै उपयुक्त लागेर उठेको हुँ।”

उनले आफूले मरे पनि सचिव पद नछोड्ने बताउँदै अग्रज र समकालीन निर्देशकहरूले जिताउने विश्वास रहेको उल्लेख गरे।

लामो समयदेखि सडक नाटक, म्युजिक भिडियो र फिचर फिल्म निर्माण निर्देशनमा सक्रिय वलिको यो कदमलाई चलचित्र वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

निर्देशक समाजको निर्वाचन भोलि जेठ ५ गते काठमाडौंमा हुँदैछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x