सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सुरुङ्गामा कांग्रेसभित्र सार्वजनिक विवाद, नगर प्रमुख र नगर सभापतिबीच सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

शुक्रबार २५ बैशाख २०८३

सप्तरी / नेपाली कांग्रेस सुरुङ्गा नगरपालिकाभित्र आन्तरिक विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। नगर प्रमुख गीता चौधरी र नगर सभापति अशोक कुमार चौधरीबीच सामाजिक सञ्जालमार्फत दोहोरी चलेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको हो। विवादको सुरुवात जरा अभियान कार्यक्रममा उठाइएको प्रश्नबाट भएको बताइएको छ। नगर प्रमुख चौधरीले आफूलाई “कहाँबाट उठाएर ल्याएर जिताइयो” भन्ने प्रश्न उठाइएको भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएकी थिइन्। उनले आफ्नो राजनीतिक पृष्ठभूमिबारे पार्टीका शीर्ष नेताहरूलाई सोध्न आग्रह गर्दै व्यक्तिगत तहसम्म पुग्ने अभिव्यक्ति दिएकी थिइन्। नगर प्रमुख चौधरीले लेखेको स्टाटसमा परिवार र महिलालाई जोडेर गरिएको टिप्पणीलाई लिएर कांग्रेस कार्यकर्तामाझ आलोचना भएको छ। उनले विद्यार्थी राजनीतिमाथि समेत टिप्पणी गरेकी थिइन्। यसप्रति प्रतिक्रिया दिँदै नगर सभापति अशोक कुमार चौधरीले राजनीतिक प्रश्नको जवाफ राजनीतिक संस्कारभित्रै रहेर दिनुपर्ने बताएका छन्। उनले पार्टीभित्र उठेका जिज्ञासालाई व्यक्तिगत आक्षेप र अमर्यादित भाषामा उत्तर दिनु अनुचित भएको उल्लेख गरेका छन्। सभापति चौधरीले सार्वजनिक अभिव्यक्तिले पार्टीको छविमा नकारात्मक असर पर्ने भन्दै सामाजिक सञ्जालमा पार्टीका आन्तरिक विषय सार्वजनिक गर्नु अनुशासनविपरीत भएको धारणा राखेका छन्। उनले कार्यकर्तामा निराशा फैलिने, संगठन कमजोर हुने र जनमतमा असर पर्ने खतरा औंल्याएका छन्। उनले नगर प्रमुखको अभिव्यक्तिप्रति पार्टीको जिल्ला तथा प्रदेश तहमा औपचारिक रूपमा जानकारी गराइने संकेत समेत दिएका छन्। साथै, कार्यकर्तालाई संयमित रहन र पार्टीको विधि तथा विधानअनुसार समाधान खोजिने विश्वास दिलाएका छन्। सुरुङ्गा नगरपालिकामा कांग्रेसभित्र देखिएको यो सार्वजनिक विवादले स्थानीय राजनीतिमा तरंग पैदा गरेको छ। पार्टीभित्रको मतभेद सामाजिक सञ्जालसम्म पुगेपछि कांग्रेसको आन्तरिक एकता र अनुशासनमाथि समेत प्रश्न उठ्न थालेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x