सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रधानन्यायाधीश सिफारिस विवाद : नेपाल बारको आकस्मिक बैठक आज

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शुक्रबार २५ बैशाख २०८३
काठमाडौ / नेपाल बार एसोसिएसन ले प्रधानन्यायाधीश सिफारिससम्बन्धी विवादमा आफ्नो आधिकारिक धारणा तय गर्न आज आकस्मिक बैठक बोलाएको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक तथा राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको हो।
बारले बोलाएको बैठकमा सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीहरू सहभागी हुने जनाइएको छ। वरिष्ठताको आधार मिचिएको भन्दै बारभित्रै असन्तुष्टि बढेको बताइएको छ।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि न्यायिक क्षेत्र मात्र नभई राजनीतिक वृत्त पनि तरंगित बनेको छ।
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता परम्परा उल्लंघन भएको भन्दै नारायण दाहाल र भीष्मराज आङ्देम्बे ले समेत असहमति जनाएका छन्।
यस घटनाक्रमले आगामी दिनमा न्यायपालिका, बार र राजनीतिक दलबीच थप बहस तथा विवाद चर्किन सक्ने संकेत देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x