सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्दै अध्यादेश ल्याउनुभयो : गगन थापा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले आफ्ना नजिकका व्यक्तिहरू नियुक्त गर्न जालझेल गर्दै अध्यादेश ल्याएको आरोप लगाएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सांसदहरूलाई प्रशिक्षण दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विगतका सरकारजस्तै वर्तमान सरकारले पनि नियुक्तिमा अनियमितता गर्न खोजेको टिप्पणी गरे।
उनले भने, “अघिल्ला प्रधानमन्त्रीहरूले पनि आफ्ना मान्छे नियुक्त गर्न जालझेल गरेका थिए, अहिलेका प्रधानमन्त्रीले पनि त्यही दोहोर्याइरहनुभएको छ।”
थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसको असहमति रहेको स्पष्ट पार्दै उक्त विषयमा संसदमा सशक्त रूपमा आवाज उठाइने बताए।
उनले सरकार संविधानको परिधि नाघ्ने प्रयासमा रहेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x