स्वास्थ्यमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, २३ वैशाख । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरिन्। उनले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्ययोजनामार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
मन्त्री मेहताले खोप तथा प्रतिरक्षण कार्यक्रम, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धका कार्यक्रम तथा प्रतिजैविक प्रतिरोधविरुद्धका पहलमा प्राप्त सहयोगका लागि पनि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गरिन्।
भेटका क्रममा बेलायती राजदूत फेनले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE