कलाकार रामेश्वर बुर्लाकोटी महासचिवमा उम्मेदवार

अन्टिना घनश्याम
काठमाडौं / टेलिफिल्म ‘मौनता’ बाट २०५१ सालमा अभिनय यात्रा सुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभामा महासचिव पदका उम्मेदवार बनेका छन्।
२०५५ सालदेखि निरन्तर कलाक्षेत्रमा सक्रिय रहँदै आएका बुर्लाकोटीले ‘आफन्त’, ‘गोर्खाली’, ‘सुरक्षा’, ‘देबयानी’, ‘बिदाइ’, ‘जनयुद्ध’, ‘नयाँ नेपाल’, ‘रिया’, ‘बुलेट’ लगायत डेढ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
उनले नेपाल चलचित्र कलाकार संघमा दुई कार्यकाल कार्यसमिति सदस्य र केन्द्रीय सचिवका रूपमा काम गरिसकेका छन्। कोभिड–१९ महामारीका बेला कलाकारहरूको सेवामा सक्रिय भूमिका निर्वाह गरेका बुर्लाकोटीलाई संघभित्र क्रियाशील पात्रका रूपमा चिनिन्छ। संघको भवन निर्माणमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन्।
उम्मेदवारी घोषणा गर्दै बुर्लाकोटीले भने, “दुई कार्यकालको अनुभवलाई अझै तिखार्दै कलाकारहरूको हक–हित र विकासका लागि मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ।”
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE