सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाल–ओमान भिड्दै, लिग–२ सिरिजको आज अन्तिम खेल

मंगलबार २२ बैशाख २०८३
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल काठमाडौंस्थित टियु क्रिकेट मैदान मा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।
जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेल जित्दै राम्रो प्रदर्शन गरेको छ। तर ओमानसँगको अघिल्लो भेटमा भने नेपाल पराजित भएको थियो। उता ओमानले युएईसँगका दुवै खेल गुमाए पनि नेपाललाई पहिलो खेलमा हराएको थियो।
लिग–२ को अंकतालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २३ खेलमा १६ अंकसहित सातौं स्थानमा रहेको छ।
नेपाल र ओमानबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ८ पटक प्रतिस्पर्धा भएको छ। जसमा ओमानले ५ खेल जित्दा नेपालले ३ खेलमा विजय हासिल गरेको छ।
यस सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x