शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उपत्यकाका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ

Spread the love

आइतबार २० बैशाख २०८३
काठमाडौं / काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले अनैतिक गतिविधि हुने सूचनाका आधारमा काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरमा छापा हानेको छ।
आइतबार गरिएको उक्त कारबाहीका क्रममा कुल २५८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २४० महिला र ८ जना पुरुष रहेका छन्।
प्रहरीका अनुसार ठमेल, बौद्ध तथा ललितपुर क्षेत्रका मसाज सेन्टरहरूमा एकैपटक छापा हानिएको हो। ती स्थानमा मसाज सेन्टरको आवरणमा वेश्यावृत्ति सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x