शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

पेट्रोल–डिजेलको मूल्य घट्यो, ग्यास महँगियो

नेपाल आयल निगम को नयाँ मूल्य आजदेखि लागू
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

शुक्रबार १८ बैशाख २०८३
काठमाडौं / नेपाल आयल निगम ले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल २२२ रुपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।
त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले मूल्य वृद्धि भएपछि अब एक सिलिन्डर ग्यासको मूल्य २,१६० रुपैयाँ पुगेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा इन्धनको मूल्य समायोजन गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x