सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

देशभर चट्याङसहित वर्षा, कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बुधबार १६ बैशाख २०८३
काठमाडौं / जल तथा मौसम विज्ञान विभाग ले आज (बुधबार) देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
यस्तै, रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा अधिकांश बदली रहनेछ। ती क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्मका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x