राष्ट्रिय सहमतिमा मात्रै संविधान संशोधन सम्भव : संयोजक शाह

मङ्गलबार १५ वैशाख २०८३
काठमाडौ / संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाह ले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले संविधान संशोधन सबै राजनीतिक दल तथा सरोकारवालासँगको बृहत् परामर्श र सहमतिबाट मात्रै अघि बढ्ने स्पष्ट पारे।
संयोजक शाहका अनुसार सरकारको १०० दिने कार्ययोजनाअनुसार नै बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको हो। “संविधान संशोधन कुनै एक दल वा सरकारको इच्छाले सम्भव हुँदैन, यो पूर्णतः राष्ट्रिय सहमतिको विषय हो,” उनले भने, “तयार गरिने बहसपत्रमा व्यापक छलफल र बहसपछि मात्रै सहमतिको दस्तावेज बन्नेछ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमै संविधान संशोधनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले आगामी १५–२० दिनभित्र सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार पारिने र प्रधानमन्त्रीसमक्ष बुझाइने जानकारी दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE