शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

बैशाख १३, २०८३,

काठमाडौं / देशका केही भूभागमा आज पनि वर्षा र मेघगर्जनको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आज गर्मी (तातो दिन) हुने सम्भावना पनि रहेको छ।
राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
मौसममा आएको यस परिवर्तनका कारण दैनिक जनजीवन, कृषि तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x