सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य, १५/१५ दिनमा रिपोर्ट बुझाउनुपर्ने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

​बिहीबार १० बैशाख २०८३

काठमाडौँ । सरकारले देशभरका सबै सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, निकाय र स्थानीय तहलाई यो निर्देशन दिएको हो।

​मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका अधिकृत पिताम्बर सारूद्वारा हस्ताक्षरित पत्रमा, कर्मचारीको आगमन र प्रस्थानको समय विद्युतीय प्रणालीबाटै अभिलेखीकरण गर्न भनिएको छ।

अहिलेसम्म मेसिन नभएकालाई व्यवस्था गर्न निर्देशन

​पछिल्लो समय कतिपय सरकारी कार्यालयहरूमा अझै पनि ढड्डा प्रणाली वा अनियमित हाजिरी हुने गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो। हालसम्म विद्युतीय हाजिरी प्रणाली जडान नभएका कार्यालयहरूलाई तुरुन्तै मेसिन खरिद गरी व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ।

हरेक १५ दिनमा हाजिरी प्रमाणित गर्नुपर्ने

​निर्देशन अनुसार अब कार्यालयहरूले केवल मेसिन राखेर मात्र पुग्ने छैन। कर्मचारीको हाजिरी विवरणलाई प्रत्येक १५ दिनमा प्रिन्ट गरी अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। यसरी प्रमाणित गरिएको अभिलेखलाई कार्यालयले सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

​यस व्यवस्थाले कर्मचारीको अनुशासन कायम गर्ने र कार्यालय समयमा कर्मचारीको उपस्थितिलाई सुनिश्चित गरी सेवा प्रवाहमा सुधार ल्याउने विश्वास सरकारले लिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x