बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

मल आपूर्तिमा समस्या हुन नदिन मन्त्री चौधरीको पहल, सातै प्रदेश र सरोकारवाला निकायलाई पत्राचार

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । सरकारले आगामी धान खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सक्रियता देखाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले मल आपूर्ति र बिक्री-वितरणलाई प्रभावकारी बनाउन सरोकारवाला विभिन्न निकायहरूलाई पत्राचार गर्दै सहजीकरणका लागि निर्देशन दिनुभएको हो।

​मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटबाट खरिद गरिएको मल आगामी असारसम्मका लागि मौज्दात छ। तर, पछिल्लो समय पश्चिम एशियामा बढ्दै गएको तनाव र सङ्कटका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आउन सक्ने सम्भावना देखिएकाले मन्त्रालयले पूर्व-सतर्कता अपनाएको हो।

यी निकायहरूलाई गरियो पत्राचार:

आगामी यामको धानखेतीका लागि मलको सहज उपलब्धता सुनिश्चित गर्न मन्त्री चौधरीले देहायका निकायहरूलाई आग्रह गर्नुभएको छ:

  • कृषि विभाग र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम।
  • सातै प्रदेशका कृषि मन्त्रालयहरू।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय।

वितरण प्रणालीलाई प्रभावकारी बनाइने:

अन्तर्राष्ट्रिय बजारमा देखिन सक्ने समस्यालाई मध्यनजर गर्दै स्थानीय स्तरसम्म मलको पहुँच पुऱ्याउन मन्त्रालयले जोड दिएको छ। विशेषगरी, ढुवानीमा हुन सक्ने ढिलाइ र वितरणमा देखिने प्राविधिक कठिनाइलाई हटाउन मन्त्री चौधरीले सम्बन्धित मन्त्रालय र विभागहरूलाई विशेष सक्रियता देखाउन निर्देशन दिनुभएको छ।

​समयमै मलको आपूर्ति र वितरण प्रणाली चुस्त नभए धान उत्पादनमा असर पर्न सक्ने भन्दै मन्त्रालयले आगामी केही महिना निकै संवेदनशील रहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x