शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज मनाइँदै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

आइतबार २९ चैत २०८२
काठमाडौँ ।मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०११ अप्रिल ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १२ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न र मानव जीवनस्तर सुधारमा यसको भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ।
सन् १९६१ अप्रिल १२ मा युरी गागरिन ले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गर्दै पृथ्वीको परिक्रमा गरेका थिए। सो ऐतिहासिक उपलब्धिसँगै अन्तरिक्ष अन्वेषणको नयाँ युग सुरु भएको मानिन्छ।
यसअघि सन् १९५७ अक्टोबर ४ मा स्पुतनिक–१ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो, जसले अन्तरिक्ष अनुसन्धानको मार्ग प्रशस्त गरेको थियो।
त्यसपछि अन्तरिक्ष यात्रामा उल्लेखनीय प्रगति भएका छन्। सन् १९६३ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्ष पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ मा नील आर्मस्ट्रङ ले चन्द्रमामा पाइला टेक्दै इतिहास रचेका थिए। यस्तै, सन् १९७५ मा अपोलो–सोयुज संयुक्त मिशन मार्फत पहिलो अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो।
संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषणलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्ति मान्दै यसको लाभ सबै राष्ट्रसम्म पु¥याउनुपर्नेमा जोड दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x