शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Spread the love

शनिबार २८ चैत २०८२
काठमाडौं /  देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित देशका अधिकांश हिमाली भू–भागमा सामान्य बदली रहनेछ। साथै, पहाडी क्षेत्र र कोशी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा, हिमपात तथा चट्याङको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, यात्रु तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x