नागढुङ्गा सुरुङमार्गको शुल्क सार्वजनिक, कुन सवारीलाई कति?

बिहीबार २६ चैत २०८२
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुङमार्ग प्रयोगबापत उठाइने दस्तुर निर्धारण गरिएको जनाएको हो। उक्त निर्णय गत साउन २६ गते गरिएको थियो।
सार्वजनिक दरअनुसार सवारीसाधनको शुल्क यसप्रकार रहेको छः
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा हलुका सवारी
काठमाडौँ प्रवेश गर्दा: रु ६५
बाहिरिँदा: रु ६०
मिनीबस, मिनी ट्रक/टिपर
प्रवेश: रु ११५
बाहिरिँदा: रु ८०
बस तथा ट्रक (सिङ्गल रियर एक्सल)
प्रवेश: रु २६०
बाहिरिँदा: रु २००
मल्टी एक्सल ट्रक तथा भारी उपकरण
प्रवेश: रु ६००
बाहिरिँदा: रु २५०
सरकारले सडक बोर्ड ऐन, २०५८ अनुसार सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि उक्त शुल्क निर्धारण गरेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE