टेलिसिरिज ‘तरङ्ग’ ले ल्याउँदैछ मनोरञ्जनमा अर्को तरङ्ग (भिडियो सहित)
अन्टिना घनश्याम

बुधबार २६ चैत २०८२
काठमाडौं । सम्बन्ध र भावना बीचको त्रिकोणात्मक विषयवस्तुमा आधारित टेलिभिजन सिरिज ‘तरङ्ग’ हाल प्रसारणमा रहेको छ। उक्त सिरिज B Square Media मार्फत प्रत्येक बुधबार बेलुकी ७ बजे प्रसारण हुँदै आएको छ।
निर्देशक विश्वास भण्डारी का अनुसार, यो सिरिज मिथिला टेलिभिजन मा पनि प्रत्येक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुने गरेको छ।
तीन दर्जनभन्दा बढी फिल्म तथा टेलिफिल्म निर्देशन गरिसकेका भण्डारीद्वारा निर्देशित यस सिरिजमा पवन कार्की, अञ्जली थापा, अनिता नेपाली, जयराम सापकोटा, अफ्सरा अधिकारी, बी.बी. राना, राधिका मोक्तान, शिव राजी, बुद्ध श्रेष्ठ तथा मनिका गजमेर लगायत कलाकारहरूको अभिनय रहेको छ।
सामाजिक विषयवस्तुमा आधारित यस सिरिजको लेखन पवन कार्की ले गरेका हुन् भने छायांकन एदिप कुलुङ ले गरेका छन्। सिरिजको निर्माण तथा सम्पादन समेत निर्देशक भण्डारी स्वयंले गरेका हुन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE