शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

संघीय संसद् बैठक आज, डिपी अर्याल सभामुख बन्दै

आइतबार २२ चैत २०८२
काठमाडौं। संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।
सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधि सभा को बैठक बस्नेछ। उक्त बैठकमा डोलप्रसाद अर्याल लाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
अर्याल यसअघि नै निर्विरोध सभामुख चयन भइसकेका छन्। उनको प्रस्तावक रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
त्यसैगरी, अपराह्न १२ः१५ बजे राष्ट्रिय सभा को बैठक बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ। साथै अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नामसमेत तोकिनेछ।
कार्यसूचीअनुसार बालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि तय भएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार आजको बैठकले संसद्को आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x