कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन: ‘ढिलासुस्ती सह्य हुँदैन’

शुक्रबार १३ चैत २०८२
काठमाडौं / नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारी कर्मचारीहरूलाई कुनै पनि बहाना बनाएर काममा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन्।
शुक्रबार शपथग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीहरूलाई सरकारको कार्यशैली र ‘स्पिरिट’ अनुसार काम गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले आवश्यक परे नियम तथा कानुन संशोधन गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै बहानाबाजीका कारण काम रोक्न नहुने स्पष्ट पारे। “हामी जसरी अघि बढ्न खोजेका छौं, त्यसअनुसारको स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ,” उनले भने, “नियम कानुन परिवर्तन गर्नुपर्ने भएमा हामी गर्न सक्छौं, त्यसैले कुनै पनि बहाना नगरी काम अघि बढाउनुस्।”
उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती गर्न नपाइने स्पष्ट सन्देश दिएका छन्।
प्रधानमन्त्रीको उक्त निर्देशन कर्मचारी तथा नवनियुक्त मन्त्रीहरूको उपस्थितिमा करिब पाँच मिनेटको छोटो ब्रिफिङमार्फत दिइएको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE