शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रतिनिधिसभा निर्वाचन: मतदान गर्न ५ दिन बाँकी, आचारसंहिताका १ हजार ७६ उजुरी आयोगमा

Spread the love

काठमाडौं, फागुन १६ – प्रतिनिधिसभा निर्वाचन हुन अब पाँच दिन मात्र बाँकी रहेको छ। २१ फागुन २०८२ मा हुने मतदानको मिति नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको संख्या १ हजार ७६ पुगेको छ।
निर्वाचन आयोग नेपालका अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा अनुगमन अधिकृतसमक्ष प्राप्त उजुरीमध्ये १ हजार ६१ (करिब ९९ प्रतिशत) उजुरी फछ्र्यौट भइसकेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २४४ परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्।
आयोगका अनुसार ९७ उजुरी लिखित रूपमा प्राप्त भएका थिए भने ९७९ उजुरी टेलिफोन, एसएमएसलगायत अन्य माध्यमबाट आएका हुन्।
सबैभन्दा धेरै उजुरी तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको विषयमा परेको छ। यस्तै, सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको, शिक्षक–कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान तथा सवारीसाधनमा झण्डा टाँगेको र अनुमति नलिएका सवारी साधन प्रयोग गरेकोजस्ता विषयमा समेत उजुरी दर्ता भएका छन्।
निर्वाचन आयोगले आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। मतदान नजिकिँदै जाँदा अनुगमनलाई थप प्रभावकारी बनाइएको आयोगले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x