सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रभु साहको चुनावी दौडधुप तिब्र एकै दिन आठ सभालाई सम्बोधन

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

 

रौतहट, १५ फागुन
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटमा आज (शुक्रबार) एकै दिन आठ चुनावी सभालाई सम्बोधन गरेका छन् । चुनावी सरगर्मी बढदै जाँदा उनले चुनावी सभा, भेटघाट, छलफललाई तिब्रता दिदै एकै दिन आठ चुनावी सभा गरेका हुन् ।

रौतहटको गौर नगरपालिकाको परेनवा, राजदेवी नगरपालिकाको बस्तपुर, यमुनामाई गाउँपालिकाको सरुअठा, चिकना जेठरहिया, दुर्गाभगवती गाउँपालिकााको प्रिपाबजार, माधवनारायण नगरपालिकाको मिठुअवा, खेसरहिया र दिपही सहित आठ छुटाछुटै ठाउँमा चुनावी सभालाई साहले सम्बोधन गरेका छन् ।

सो सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले रौतहटको चार वटै क्षेत्रमा आजपाबाट मोबाइल चुनाव चिन्हबाट उम्मेदवार भएकालाई मतदान गरी भारी मतले बिजयी बनाउन अपिल गरेका छन् । साह आफ्ै रौतहट–३ बाट उम्मेदवारी दिएका छन् ।

यसैगरी रौतहट–१ बाट त्रिभुवन साह ‘अमर’, रौतहट–२ बाट श्रीभगवान पटेल र रौतहट–४ बाट वरिष्ठ पत्रकार समेत रहेका ऋषी धमला आजपाबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् । चारै जना उम्मेदवार घरदैलो, चुनावी सभा, भेटघाट एवं छलफललाई तिब्रता दिदै आममतदातासंग परिवर्तन, विकास, समृद्धि एवं व्यवस्थामा बदलावका लागि ‘मोबाइल’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

आजपा अध्यक्ष साहले यो निर्वाचन सही र गलतबीचको प्रतिस्पर्धा भएको बताए । आम मतदाताले सही र गलत छुटयाएर समाज, जिल्ला र मुलुकको परिवर्तनका लागि सही नेता र राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउँनेलाई मतदान गर्नुपर्ने उनले बताए ।

निर्वाचनमा जेनजी हत्यारा, भ्रष्टाचारी, लुटेरा, हाईजैकर लगायतका व्यक्तिहरु समेत विभिन्न भेषभुषा, पहिरन, र पार्टीबाट उम्मेदवार रहेकाले त्यस्तालाई निर्वाचनमा बहिष्कार गर्दै मुलुक जोगाउँने, राष्ट्रियता बचाउने, मुलुकको अर्थतन्त्र जोगाउनका लागि संघर्ष गर्दै आएको आम जनता पार्टीका उम्मेदवारलाई मोबाइलमा मतदान गरेर बिजयी बनाउन साहले आग्रह गरेका छन् ।

‘जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेराका साथै जेनजी आन्दोलनका हाईजैकरहरु समेत यो निर्वाचनमा उम्मेदवारको रुपमा आइरहेका छन् । यो निर्वाचन सही र गलत बीचको प्रतिस्पर्धा पनि हो,’ आजपा अध्यक्ष साहले भने, ‘त्यसैले तपाईहरुले त्यस्तालाई पहिचान गर्न आवश्यक छ । हामीले संघर्ष गर्दैआएका छौं । राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउँ सधै सडकमा संघर्ष गर्दै आएका हामीहरु एकातिर छौं भने अर्को तिर राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र धरासायी बनाउनेहरु छ । यसलाई पहिचान गर्दै तपाईहरुले मोबाइल छापका उम्मेदवारलाई मतदान गर्न म हार्दिक अनुरोध गर्दछु ।’

नेपालबाट लुटेर बिदेशमा सम्पती थुपार्नेहरुले आज राष्ट्रियताको कुरा गरिरहेको बताउदै उनले मुलुकको अर्थतन्त्र बरबाद गर्ने, भ्रष्टाचार गर्नेहरुले सुशासनको कुरा गरेर भ्रमको खेती गरिरहेको उनले बताए । जेनजी आन्दोलनलाई हाईजैक गर्नेहरुले आज निर्वाचनमा आएर झुठा कुरा गरिरहेको बताउदै यस्ता देश विरोधीहरुलाई मतदान नगरी बहिष्कार गर्नुपर्ने आग्रह उनले गरे ।

रौतहटको विकास, समृद्धि, सम्मान र उज्जवल भविष्यका लागि यसपटकको निर्वाचनमा मोबाइलमा मतदान गरेर जेनजी हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईजैकरलाई बहिष्कार गर्नुपर्ने अपिल आजपा अध्यक्ष साहले गरेका छन् ।

कांग्रेसको भोट लिएर कम्युनिष्टको सरकार बनाउने र कम्युनिष्टको भोट लिएर कांग्रेसको सरकार बनाउनेहरुलाई समेत निर्वाचनमा मतदान नगरी बहिष्कार गर्नुपर्ने उनले बताए । सर्वसधारण नागरिकलाई भ्रममा पार्दै भोट लिने तर जनताको काम नगर्नेलाई मतदान नगर्न उनले आग्रह गरे । जिल्लाको विकास, समृद्धि, सम्मान नगर्ने नेतालाई निर्वाचनमा मतदान नगरी बहिष्कार गर्नुपर्ने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x