नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिका अध्यक्ष बिज्ञान श्रेष्ठलाई विशिष्ट वाणिज्य सम्मान

काठमाडौँ । चौथो बिराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिका अध्यक्ष बिज्ञान श्रेष्ठलाई विशिष्ट वाणिज्य सम्मान प्रदान गरिएको छ।
उक्त सम्मान माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाबाट प्रदान गरिएको हो। सूचना प्रविधि, सफ्टवेयर निर्यात तथा व्यावसायिक नेतृत्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको कदरस्वरूप श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सको आईटी तथा सफ्टवेयर निर्यात समितिको अध्यक्षका रूपमा सक्रिय छन्। उनले डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै निर्णायक समितिले विशिष्ट वाणिज्य सम्मानका लागि छनोट गरेको जनाइएको छ।
चौथो संस्करणको बिराट म्युजिक एण्ड फिल्म अवार्डको आयोजना सेलिब्रेटी नेपाल प्रतिष्ठानले गरेको हो भने कार्यक्रम व्यवस्थापन चोया डिजिटल सोलुसन प्रा.लि.ले गरेको थियो।
संगीत, फिल्म र सृजनात्मक क्षेत्रसँगै व्यवसाय र प्रविधिमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको बिराट म्युजिक एण्ड फिल्म अवार्डले यस वर्ष पनि विविध विधामा योगदानको कदर गरेको आयोजकको भनाइ छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE