राजनीतिक प्रतिशोधको शिकार भए डा.अहिराज

सोमबार ११ फागुन २०८२
काठमाडौं / राष्ट्रवादी चिन्तन, मधेशबाट उदाउँदो एउटा देशभक्त छवि भएका व्यक्तित्व डा.राजेश अहिराज राजनीतिक प्रतिशोधको शिकार भएका छन् । डा.अहिराजको राजनीतिक भविष्य समाप्त पार्ने उद्देश्यबाट प्रेरित मधेशका केही नेताहरु संगठित भएर उनको राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरी झुठा मुद्दामा फसाएका छन् ।
मधेशबाट उदाउँदो एउटा देशभक्त छवि भएका नेता जो राजनीति शास्त्रमै पीएचडी गरेका हुन् । डा.अहिराजको राजनीतिक चरित्र समाप्त पार्न, राष्ट्रिय सभामा सदस्य नबनोस्, प्रतिनिधिसभामा समानुपातिकमा जान नपाओस् भन्ने उद्देश्यका साथ राजनीतिक भविष्य नै बर्बाद पार्ने उद्देश्यले मधेशका केही नेताहरु संगठितरुपमा योजनाबद्ध तरिकाले झुठा मुद्दामा फसाएको बुझिन्छ ।
डा.अहिराजमाथि लगाइएको कथित बलात्कारको मुद्दाको अनुसन्धान गर्दा उनी ठूलो राजनीतिक प्रतिशोधको शिकार भएको बुझिन्छ ।
दुई दशकभन्दा लामो समय पत्रकारिता गरेका डा.अहिराज माथि चौतर्फी प्रहार विगतमा पनि नभएको होइन । उनलाई झुठा मुद्दामा फसाएर राजनीतिक भविष्य समाप्त पार्न केही मधेशी नेताहरु लागेको बताइन्छ ।
यो देशमा एउटा सशक्त देशभक्त मधेशी नेता उदाउँदै थियो । विश्वभरि फैलिएका नेपालीहरु उनी माथि विश्वास गरेका थिए । राजनीतिक प्रतिशोधको शिकार भएका डा.अहिराजलाई फसाउन देशी÷विदेशी षड्यन्त्रकारीहरुको पनि हात हुन सक्ने अनुमान गरिन्छ ।
सधैंभरि एक देश, दुई दल तीन प्रदेशको पक्षधर, देश सबैको साझा हो भन्ने भावना बोकेको, साम्प्रदायिक र विखण्डनकारी विचारको कठोर रुपमा विरोध गर्ने व्यक्तित्व, देश सबैको साझा हो भन्ने कुरामा अडिग र नागरिकताको विषयमा कठोर धारणा राख्दै आएका थिए डा.अहिराज ।
डा.अहिराजले राष्ट्रवादी चिन्तन बोक्दै आएका थिए । उनले पृथ्वीनारायण शाहको तस्वीर, जुम्लामा पुस्तकालय, गुलरियामा पृथ्वीनारायण शाहको नाममा अक्षयकोष स्थापना, पुस्तकालय र छात्रवृत्ति कोष स्थापना, महोत्तरी, सर्लाही, सप्तरी लगायतमा अक्षयकोष स्थापना गरेका थिए । उनले महोत्तरीको जलेश्वरमा नेपाली कांग्रेसका नेताको नाउँमा अक्षयकोष, सप्तरीमा गजेन्द्र नारायण सिंहको नाममा पत्रकारिता पुरस्कार स्थापना, प्रदेश प्रमृुख हुँदा नवनियुक्त मन्त्रीहरुलाई नेपाली भाषामै शपथ ग्रहण गर्न बाध्य गरेका थिए ।
उनी प्रदेश प्रमुृख हुँदा ६ हजार भन्दा बढी नेपालको झण्डा भएको लोगो वितरण गरेका थिए । पृथ्वीनारायण शाहको फोटो अंकित अभ्यास पुस्तिका (कापी) विभिन्न सामुदायिक विद्यालयमा वितरण गरेका थिए । सीमा निरीक्षण गरेका थिए । यी सब कारणले गर्दा उदाउँदै गरेको देशभक्त नागरिकको राजनीतिज्ञ डा.अहिराजको चरित्र हत्या गर्न ठूलै षड्यन्त्र भएको प्रष्ट बुझिन्छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE