शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

 

कलैया, २९ माघ । आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य एवं बारा–१ का उम्मेदवार विजय यादव ‘निर्विज’ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

बाराको कोल्हवी स्थित आजपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा यादवले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै देशमा बढ्दो निराशा, भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य सहित शासन व्यवस्थामा आम जनताको प्रत्यक्ष संलग्नताका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् ।

‘अबकी बार जनता सरकार’ भन्ने मूल नारालाई अभियानको केन्द्रमा राखेका उनले जनताको जीवनस्तर सुधार, विकास निर्माण, सुशासन र समृद्ध बारा निर्माणका लागि स्पष्ट र ठोस योजनासहित चुनावी मैदानमा उत्रिएका छन् ।

बरा जिल्लाको विकास, समृद्धि, सुशासनका लागि १९ बुँदे जनमुखी प्रतिबद्धता यादवले व्यक्त गरेका छन् । यादवले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा बारा जिल्लाको समग्र विकासका लागि एतिहासिक सिम्रौनगढ पर्यटकीय क्षेत्रलाई विश्व सम्पदामा पुर्याउन पहल गर्ने, भन्सार स्थापनाको लागि सशक्त आवाज उठाउने, जडीबुटीलाई आधुनिक व्यवस्थापन गर्ने, काठमाडौं–तराई मधेस फास्ट ट्याक तोकिएकै समयमा निर्माण गराउन पहल गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल चाडै बनाउनको लागि सशक्त पहल गर्ने, पताल गंगा एरियालाई व्यवस्थित पर्यटकीय स्थल निर्माण गर्ने, सुशासन र प्रशासन सुधार आम जनताको शासन र भ्रष्टाचारमुक्त प्रशासन पारदर्शी, जवाफदेही तथा जनउत्तरदायी सरकार वित्तीय शोषणको अन्त्य गर्दै पीडितलाई न्याय दिलाउन पहल गर्ने जनाएका छन् ।

‘यो प्रतिबद्धता पत्र कुनै कागजी औपचारिकता होइन, मतदातासँगको पवित्र वचन हो । म पूर्ण विश्वासका साथ भन्न चाहन्छु कि बाराका न्यायप्रेमी, सचेत र स्वाभिमानी जनताले भ्रष्टाचार, ठगी र बेइमानी विरुद्ध सुशासन, बदलाव र विकासको पक्षमा बाराको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि मोबाईल छापमा मतदान गरी आम जनताको शक्ति स्थापित गर्नुहुनेछ । आम जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वचन पूरा गर्नु नै मेरो राजनीतिक संस्कार र दायित्व हो,’ यादवले भने ।

‘अब की बार जनता सरकार’ भन्दै यादवले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल समेत गरेका छन् ।

स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र बाराको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि आफूले बारा–१ बाट उम्मेदवारी दिएको उनले जनाएका छन् ।

आम जनताको शासन भ्रष्टाचार मुक्त प्रशासन, सुशासनको आधार पारदर्शी एंव जनउत्तरदायी सरकार, वितीय शोषणको अन्त्य, पीडÞितलाई न्याय, शून्य कर नीति, उत्पादनमा वृद्धि, फराकिलो बाटो, न खाल्डाखुल्डी, न धुलोमाटो, घर घरमा नाला, बस्ती बस्तीमा ढल, मजबूत ऊर्जा पूर्वाधार सहित निःशुल्क विद्युत, बिपत्तिमा राहत, बाली बिमा, प्राकृतिक प्रकोप राज्यको जिम्मा, सीसी क्यामेरा टोलमा, बिजुली बत्ती पोलमा लगायतका लक्ष्य सहित यादव चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

सो अवसरमा आजपाका उपाध्यक्ष एवं समानुपातिक उमेदवार एलिजा गौतम, समानुपातिक उमेदवार रञ्जु चौधरी, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, सचिवालय सदस्य रामशरण यादव लगायतको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x