काठमाडौंमै बसेर महिनाको लाखौं आम्दानी हुनेगरी रोजगारको सृजना गर्छौ : आजपा काठमाडौं–१ का उम्मेदवार कमल सुवेदी
काठमाडौंलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शहरको रुपमा विकास गर्छौ :

काठमाडौं, २५ माघ
आम जनता पार्टी (आजपा)का बाट काठमाडौं–१ मा उम्मेदवारी दिएका कमल सुवेदीले चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिएका छन् ।

काठमाडौंको बानेश्वर, शान्तिनगरमा आज उनले आम मतदाता, पार्टीका नेताकार्यकर्तासंग चुनावी भेटघाट एवं छलफल गरेका छन् । भेटघाट एवं छलफलका क्रममा उम्मेदवार सुवेदीले मोबाइल चुनाव चिन्हमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् ।

काठमाडौं नेपालकै संघीय राजधानी भएको र यसलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शहरको रुपमा विकास गर्नका लागि आफूले पहल गर्ने धारणा राख्दै सुवेदीले त्यसका लागि सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्ने आग्रह समेत गरेका छन् ।

समाजसेवामा लामो समय देखी सक्रिय सुवेदीले अब राजनीतिमार्फत समाजसेवा र मुलुकको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीय राजधानी काठमाडौंमा रहेको खानेपानी, सुकुम्बासी, गुणस्तरीय शिक्षा, रोजगार लगायतका समस्या समाधानका लागि ठोस काम गर्ने बताए ।

नेपालका कोही पनि युवा रोजगार गर्नैका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपालमै बसेर महिनाको लाखौं आम्दानी हुने गरी रोजगारको सृजना आफूले गर्ने बताउदै उनले काठमाडौंमै बसेर काम गर्ने वातावरण आफूले बनाउने बताए ।

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक रुपमा विश्वकै धनी राष्ट्र भएको बताउदै उनले यहाँको युवालाई यही बसेर काम गर्ने र लाखौं आम्दानी हुने गरी रोजगारको सृजना गर्ने योजना आम जनता पार्टीसंग भएको बताए ।

‘स्पष्ट एजेन्डा, बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ सुवेदीले भने, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।’
काठमाडौंको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएका सुवेदीले स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE