शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सिन्धुपाल्चोक–१ रास्वपा उम्मेदवार पराजुलीको जनसम्पर्क अभियान तीव्र, उत्साहजनक

Spread the love

 

शुक्रबार १६ माघ २०८२
सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार भरत प्रसाद पराजुलीले मतदातासँगको भेटघाट अभियानलाई आज साँझसम्म तीव्रता दिएका छन्।
उम्मेदवारी मनोनयनपछि पराजुलीले बार्हबिसे नगरपालिका तथा आसपासका क्षेत्रमा मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका हुन्। शुक्रबार भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।
भेटघाटका क्रममा देखिएको जनभीडले रास्वपाको उपस्थिति सामान्य प्रतिस्पर्धीभन्दा सशक्त देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ। स्थापित राजनीतिक दलहरू आपसी आरोप–प्रत्यारोपमा अल्झिएको अवस्थामा पराजुलीले भने बाढी–पहिरो नियन्त्रण, तातोपानी नाका सञ्चालनका लागि विशेष पहल तथा पर्यटन विकासलाई केन्द्रमा राखेर प्राविधिक र व्यवहारिक एजेण्डा अघि सारेका छन्।
यिनै स्पष्ट र व्यवहारिक एजेण्डाका कारण परम्परागत दलप्रति असन्तुष्ट रहेका कार्यकर्ता तथा मतदाताहरू ‘घण्टी’ चुनाव चिन्हतर्फ आकर्षित हुन थालेको देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x