सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म हुने

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

सोमबार २८ पुस २०८२

काठमाडौ / नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने भएको छ। दुई महामन्त्रीले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशनको समयावधि लम्बिएको हो।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्ने जानकारी दिए। उनका अनुसार प्रतिवेदनमाथिको छलफल अझै घनिभूत रूपमा भइरहेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच समूहगत तथा खुला छलफल जारी रहेको बताइएको छ। यी छलफल मंगलबारसम्म निरन्तर हुनेछन्।

चम्लागाईंका अनुसार प्रतिवेदनमाथिको छलफल टुंगिएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया सुरु गरिनेछ। ‘छलफल सकिएपछि मंगलबार नै नेतृत्व चयनतर्फ जाने तयारी छ,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x