शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

कांग्रेसले आज राष्ट्रियसभा निर्वाचनका उमेदवार टुंगो लगाउँदै 

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

messenger sharing button
काठमाडौ /  नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उमेदवार टुंगो लगाउने भएको छ ।

पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायत दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइरहेकाले मंगलबार बैठक बसेर निर्णय लिने निष्कर्ष निस्किएको प्रवक्ता महतले बताएका थिए ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x