स्वतन्त्र अभियन्तादेखी विभिन्न पार्टीका नेताहरु आजपामा प्रवेश

सोमबार ७ पुस २०८२
सिरहा / स्वतन्त्र अभियन्तादेखी विभिन्न पार्टीका नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । मधेस प्रदेशको सिरहाको धनगढीमाई बजारमा आम जनता पार्टी (आजपा)ले आयोजना गरेको सिरहा क्षेत्र नं. २ को क्षेत्रिय भेलामा नेताहरुले आ–आफ्नो पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
सिरहा क्षेत्र नं. २ को ख बाट मधेस प्रदेश सभाका प्रत्यासी एवं जनमत पार्टीका नेता बिनोद चौधरी, गोलबजार नगरपालिकाका मेयर प्रत्यासी एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रामऔतार यादव सहितका नेताहरु आजपामा प्रवेश गरेका छन् ।
विभिन्न पार्टीमा आबद्ध नेताहरुका साथै स्वतन्त्र अभियन्ताहरुले समेत आजपामा प्रवेश गरेका छन् । सिरहाका मिथिलेस सिंह, जयप्रकाश, हरिदेव बाब, रामानन्द झा, विलोक्षण साह, रामान्द साह, गिरजा महतो, गुन्जा साह, नेपाली साह महात्मा, बैजनाथ चौधरी, धनेश्वरी देवी दास, सुरजकुमार सिंह, चन्दन सिंह, शारदादेवी महतो, सोनिता सिंह, जवित्रि साफी, ललित साह, फुलदेवी मण्डल, शिलादेवी राय लगायतकाले पार्टीमा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
यसअघि जनमत पार्टीका केन्द्रीय एवं स्थानीय तहमा रहेका नेताहरुले आजपामा प्रवेश गरेका छन् । पछिल्लो समय विभिन्न पार्टीका नेताकार्यकर्तादेखी स्वतन्त्र अभियन्ताहरु आजपामा प्रवेश गर्ने लहर चलेको प्रवक्ता साहले जनाएका छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE