शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

हिरासत बसाईपछि आज  चितवनमा पहिलो पटक राजनीतिक सम्बोधन गर्दै रवि लामिछाने

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

शनिबार ५ पुस २०८२
काठमाडौ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रमको आयोजना गर्दैछ्न । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने तय भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यू को विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ ।’
यसपछि लामिछाने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन् ।
उनले भनेका छन्, ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ ।’
यसैगरी आइतबार दिउँसो ३ बजे लामिछानेलाई वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x