शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

यो भित्तामा टाँसेको सरकारले चुनाव गराउँछ भनेर विश्वास छैनः रामकुमारी झाँक्री

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

सोमबार २९ मंसिर २०८२

काठमाडौं / नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले विगतमा राजालेसमेत चुनाव गराउन नसकेको बताउँदै अहिले ‘भित्तामा टाँसेको सरकार’ ले चुनाव गराउन नसक्नेमा आफूहरु ढुक्क रहेको बताईन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले निर्धारित मितिमा चुनाव गराउँछ भन्नेमा एमालेलाई विश्वास नरहेको बताएकी हुन् । उनले संसद् पु्नर्स्थापना गर्नुपर्ने, संविधानलाई लिकमा ल्याउनुपर्ने र त्यस सरकारले निर्वाचन गराउनुपर्ने बताईन् ।

नेतृ झाँक्रीले फ्रेस म्याण्डेटको लागि निर्वाचन नै महत्वपूर्ण विकल्प रहे पनि अहिले चुनाव हुने वातावरण नै नरहेको बताईन् । उनले भनिन्,‘निर्वाचन कसले गराउँछ भन्ने कुरा धेरै महत्वपूर्ण छ । यो सरकारले निर्वाचन गराउन सक्दैन भन्ने कुराको थुप्रै उदाहरणहरु छन् । यो सरकारले निर्वाचन गराउने क्षमता छैन, विश्वास छैन, निर्वाचनको वातावरण बनाउन पनि सक्दैन । जुन सरकारले दलहरुसँग संवाद गर्दैन, त्यो सरकारले चुनाव गराउन सकेको इतिहास पनि छैन ।’

नेतृ झाँक्रीले लोकतन्त्रमा दलहरु नै अपरिहार्य रहेको र दलविहीन सरकार हुन नहुने बताईन् । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार गैर संवैधानिक र असंवैधानिक रहेको दाबी गरिन् । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x