शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बालेनको डोजर आतंक बिरुद्ध प्रतिकारमा उत्रिन तयार रहेको सुकुम्बासीको चेतावनी

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

आइतबार २३ कार्तिक २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले निर्वाचनको समयमा सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर आतंक मचाएर मुडभेड गर्न खोजेको जनाएको छ ।

निर्वाचन आयोगमा आज (आइतबार) संघले ध्यानाकर्षणपत्र बुझाउदै निर्वाचनको वातावरण बनाउन माग समेत गरेको छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले सातदिने सूचना जारी गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउँने जनाउदै संघले यसबाट निर्वाचन बिथोलिन सक्नेमा सचेत गराएको छ ।

पछिल्लो समय निर्वाचनलाई बिथोल्ने हिसाबले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउने रणनीति अनुसार अगाडी बढेको संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । महानरको यस्तो गैरकानून कार्यका बिरुद्धमा जस्तो सुकै प्रतिकार गर्न आफूहरु तयार रहेको संघ अध्यक्ष विकले चेतावनी समेत दिएका छन् ।

‘हाम्रो जस्तो गरिब देशको राजधानीमा सुकुम्बासी बस्ती हुनु समस्या होइन । त्यसलाई व्यवस्थित बनाउनुको साटो काठमाडौं महानगरका मेयर बालेन शाहहरुले डोजर आतंक मचाउन खोज्नु दुर्भाग्य हो । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउनु पर्ने दायित्वबाट भागेर समस्या समाधान हुदैन,’ संघका अध्यक्ष विकले भने ।

साथै, निर्वाचन निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा होस भन्ने आफूहरुको माग रहेको बताउदै संघका अध्यक्ष विकले बिजुली बिलका आधारमा मतदान गर्ने व्यवस्था गर्न आयोगसंग माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x