शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सहकारी ठगी प्रकरणः हिरासतबाट भागेका जिबी राईका जेठान पक्राउ

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

आइतबार २३ कार्तिक २०८२

काठमाडौं / गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका ज्ञान बहादुर बम्जन पक्राउ परेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । जेन–जी आन्दोलनको क्रममा हिरासतबाट भागेका बम्जन ठमेलबाट पक्राउ परेका हुन् ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का ५४ वर्षीय बम्जन अर्का सहकारी ठगीका फरार अभियुक्त जिबी राईका जेठान हुन् । पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यतिबेला नै बम्जन प्रतिवादीको सूचीमा थिए । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x