शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

शुक्रबार ३१ असोज २०८२

काठमाडौं / टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ।

शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ। यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x