शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

टी-२० विश्वकप छनोट: सन्दिप लामिछानेसहितको टोली घोषणा

Spread the love

sharethis sharing button
शुक्रबार १७ असोज २०८२

काठमाडौं / ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि सन्दिप लामिछाने सहित नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्।

छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ भने छनोट अक्टोबर ८ मा सुरु हुँदैछ।

टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम छन्।


WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x