शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आज बडादसैँको सातौँ दिन, कालरात्रि देवीको पूजा

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

सोमबार १३ असोज २०८२

काठमाडौ / आज बडादसैँको सप्तमीका दिन देशभर फूलपाती पर्व श्रद्धापूर्वक मनाइँदै छ। यस दिन शक्तिस्वरूपा कालरात्रि देवीको पूजा गरिने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, चार हात र तीन आँखा भएकी कालरात्रिले भक्तजनलाई साहस, आत्मविश्वास र संकटमोचन शक्ति प्रदान गर्ने विश्वास छ।

फूलपातीमा नवपत्रिकाको पूजा गरिँदै देवीलाई सख्खर अर्पण गरिन्छ र गरिबलाई दान दिनाले दरिद्रता नाश हुने धार्मिक मान्यता छ। यस अवसरमा गोरखा दरबारबाट काठमाडौँ दरबारसम्म फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि निर्वाह गरिन्छ। सप्तमी पूजामा विशेष मन्त्र, स्तुति र दुर्गा स्तोत्र पाठ गरिन्छ।

श्रद्धापूर्वक गरिएको कालरात्रि पूजा र नवपत्रिका अर्पणले जीवनमा शान्ति, समृद्धि र शत्रु नाश हुने जनविश्वास छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x