सैनिक ब्यारेकबाट निस्किए ओली, अब गुण्डुमा बस्ने

बिहिवार २ असोज २०८२
काठमाडाैं / एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट फर्किएसङ्ग अब गुण्डुमा बस्ने भएकाछन्।
उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन्। बालकोटको घर जलेकाले ओली गुण्डु सरेका छन्।
अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन-जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ। गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए।
भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो।
आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE