शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देउवा, ओली र प्रचण्डको अनुहार लिएर चुनावमा जाने पार्टीहरु सकिन्छन्, अब यिनीहरुले राजनीतिबाट सन्यास लिनुपर्छः राजनीतिक विश्लेषक आचार्य

रिपोर्टर्स नेपालबाट
  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

बुधबार १ असोज २०८२

काठमाडौं / राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त वक्तव्य निकालेर राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तीन शीर्ष नेताले जनतासँग माफी माग्दै राजनीतिबाट सन्यास लिएमामात्रै उनीहरुको पाप पखालिने बताएका हुन् ।

‘तीनै जनाले संयुक्त वक्तव्य दिएर राजनीतिबाट हामी गयौं । हामीबाट गल्ती भयो । हामीले समयमा जनताको भावना बुझ्न सकेनौं भनेर जनतासँग माफी माग्दै अब राजनीतिबाट सन्यास लियौं भन्दा यिनीहरुले गरेका थुप्रै पाप पखालिन्छन्,’– उनले भने ।

उनीहरुले राजनीतिबाट सन्यास नलिएको खण्डमा अब आउने निर्वाचनमा ३ वटै पार्टी जनताबाट छुट्ने उनको दाबी छ । देउवा, ओली र प्रचण्डको अनुहार लिएर चुनावमा जाने पार्टीहरु समाप्त हुने उनको भनाइ छ । ‘छोड्दैनन् भने त्यो पार्टी जनताबाट छुट्छ । छ महिनापछिको निर्वाचनमा त्यो कुराको असर देखिइहाल्छ । यिनीहरुको अनुहार लिएर चुनावमा जाने पार्टीहरु समाप्त हुन्छन्,’– उनले भने ।

देउवा, ओली र प्रचण्डले पार्टीको सभापति वा अध्यक्ष रहिरहँदाखेरी भ्रष्टाचार र हत्या हिंसाबाट उन्मुक्ति पाइने सोच राखेको पनि उनले बताए । अनुसन्धान हुँदा जेल गइने भएकाले देउवा, ओली र प्रचण्डले आफूलाई पार्टीको पदमा जोगाइराख्न चाहेको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x