सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

जनताको आवाज दबाउन नेपालमा सामाजिक सञ्जाल बन्द गरियो : प्रभु साह

नेपालमा सामाजिक सञ्जाल बन्द गरेर सरकारले लोकतन्त्रलाई मजाक बनाए : प्रभु साह
  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares

आइतबार २२ भदौ २०८२

नयाँदिल्ली / आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा सामाजिक सञ्जाल बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशताको प्रदर्शन गरिरहेको बताएका छन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साह जनताको आवाज दबाउन नेपालमा सामाजिक सञ्जाल बन्द गरिएको बताए ।

‘आफ्नो र आफ्ना आसेपासेको अपराध बचाउन, चोख्याउन यो सरकार बनेको कुरा विभिन्न घटना क्रमले पुष्टि गरिसकेको छ । हालै एमालेको नेता एवं मन्त्रीको गाडीले एक बालिकालाई ठक्कर दिदा प्रधानमन्त्रीले सामान्य भन्ने र जनताले सामान्य गल्ती गर्दा त्यसलाई भयंकर रुपमा प्रस्तुत गर्ने जुन खेल भइरहेको छ यो सरकारको असलियतको पर्दाफास गरेको छ,’ आजपा अध्यक्ष साहले भने ।

ओली नेतृत्वको सरकार सामाजिक सञ्जालबाट तर्सिरहेको र आफ्ना कमीकमजोरी लुकाउ, बाहिर नजाओस र आलोचना कोहीकसैले नगरोस भन्ने उदेश्यले सामाजिक सञ्जाल बन्द गरेको उनले बताए ।

‘नेपालमा सामाजिक सञ्जाल बन्द गरेर सरकारले लोकतन्त्रलाई मजाक बनायो । सामाजिक सञ्जालको नियन्त्रण र निषेध आजपालाई स्विकार्य छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यो सरकार सामाजिक सञ्जालबाट तर्सिरहेको छ । जसरी हिजोका दिनमा राजा एफएम, रेडियो, टेलिभिजन, पत्रिकाबाट तर्सिन्थ्यो । त्यसरी नै आज यो सरकार सामाजिक सञ्जालबाट तर्सिरहेको छ । निरंकुशताको अभ्यास स्वरुप नै सरकारले सामाजिक सञ्जालबाट तर्सिएर बन्द गर्ने, नियन्त्रण गर्दै राजतन्त्रकै नक्कल गरिरहेको छ । तर यो लोकतन्त्रका लागि चिन्ताको बिषय हो ।’

सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको उनले बताए । यसलाई आजपा र नेपाली जनताले स्वीकार गर्न नसक्ने भन्दै सरकारको निरंकुशता आजको युगमा स्वीकार्य गर्न नसकिने बताए ।

ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उलंघन गरेको आजपा अध्यक्ष साहले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको समेत उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x